आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

प्रधानमन्त्री देउवा र ओली बिच भेटवार्ता

प्रधानमन्त्री देउवा र ओली बिच भेटवार्ता

फाइल तस्विर

 

काठमाडौं ८ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भएको छ ।

नागरिकता बिधेयक, सत्यनिरुपण बिद्येयकलगायतका बिषयमा सरकार र प्रमुख प्रतिपक्ष दल एमाले बिच सहमति कायम हुन नसकिरहेको बेला  प्रधानमन्त्री देउवा र ओली बिच भेटवार्ता भएको हो । बुधबार बिहान पौने १० बजे देउवा र ओलीबीच बालुवाटारमा भेट भएको हो।

बालुवाटार स्रोत अनुसार दुई शीर्ष नेताबीच प्रतिनिधिसभामा पेश भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९, नागरिकता विधेयक र आगामी निर्वाचनको सम्बन्धमा छलफल भइरहेको छ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend