जनकपुरधाम ७ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पदबाट हटाउने योजना नभएको जानकारी दिएका छन् ।
उनले भने, “मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन पार्टीले निर्देशन दिएको छैन र तत्काल पदबाट हटाउने योजना समेत रहेको छैन ।”
आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले सो कुरा बताएका हुन् । “मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन निर्देशन दिएको भनेर बाहिर आएको हल्लामा कुनै सत्यता छैन,” अध्यक्ष यादवले भने, “मुख्यमन्त्रीलाई त्यस्तो कुनै निर्देशन दिएको छैन । हटाउने कुनै योजना पनि छैन ।”
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend