सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रसारण लाइनमा निकुञ्ज तगारो

प्रसारण लाइनमा निकुञ्ज तगारो

Two power tower agaist clouds and blue sky

 

 

काठमाडौं ६ भदौ । कोहलपुर(सुर्खेत प्रसारण लाइनमा निकुञ्ज र वन क्षेत्र नभइदिएको भए भदौ ३० गतेसम्ममा १३२ केभी विद्युत् कर्णालीमा आइसकेको हुन्थ्यो। दुई वर्षमा सक्ने गरेर सम्झौता भए पनि जग्गा प्राप्तिको प्रक्रियाले पूर्णता नपाउँदा १३२ केभी प्रसारण लाइन कर्णालीमा भित्रिन अझै कति वर्ष लाग्ने हो थाहा छैन । भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले ७० करोडको लागतमा २०७९ भदौ ३० गतेभित्र काम सम्पन्न गर्ने गरेर आयोजना निर्माणको जिम्मा लिएको थियो। जग्गा प्राप्ति नहुँदा आयोजनाले काम गर्न सकेको छैन।

बाँकेको कोहलपुरदेखि सुर्खेत वीरेन्द्रनगरको सुब्बा कुनासम्मको प्रसारण लाइनको दूरी ५१.४६२ किलोमिटर हो। प्रसारण लाइनको अधिकांश क्षेत्र दुईवटा राष्ट्रिय निकुञ्जमा पर्छ। ुकोहलपुरदेखि सुर्खेतसम्म प्रसारण लाइन विस्तारका लागि बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको ६२ बिघा जमिन आवश्यक पर्छ,ु आयोजना प्रमुख रवीकुमार चौधरीले भने, ुजग्गा प्राप्तिको प्रक्रिया ढिलो हुँदा समस्या भइराखेको छ। आजको नागरिक दैनिकमा समाचार छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend