आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

रवि लामिछाने नेतृत्वको पार्टीले प्रदेशसभा निर्वाचनमा भाग नलिने, संघीय चुनावमा मात्र भाग लिने

रवि लामिछाने नेतृत्वको पार्टीले प्रदेशसभा निर्वाचनमा भाग नलिने, संघीय चुनावमा मात्र भाग लिने

 

 

काठमाडौं १ भदौ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशसभा निर्वाचनमा भाग नलिने भएको छ । ४ मंसिरमा भएको निर्वाचनमध्ये संघीय चुनावमा मात्र पार्टीले भाग लिने अध्यक्ष लामिछानेले बताएका छन् ।

भिडियो सन्देश जारी गर्दै लामिछानेले भनेका छन्, ‘यस पटकको निर्वाचनमा हाम्रो पार्टी प्रदेश तहमा सहभागी नहुने भएको छ । यो निर्वाचनमा हाम्रो उम्मेदवारी मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने छ ।’

उनले यही संरचनामा प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्य कोष दोहनमा सहभागी हुनुबाहेक केही नभएको उनले बताएका छन् । ‘प्रदेश तहमा सहभागी नहुने कुराको आधिकारिक जानकारी हामीले निर्वाचन आयोगलाई गराएका छौं,’ उनले भनेका छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend