आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

यसो भन्छन् उपेन्द्र यादव

यसो भन्छन् उपेन्द्र यादव

 

 

धनुषा १ भदौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको राजनीतिक स्थायित्वका लागि कार्यकारी राष्ट्रपतीय प्रणालीको आवश्यकता भएको बताएका छन । मंगलबार जनकपुरधाममा जसपा नेपालको भ्रातृ संगठन समाजवादी युवा संघ नेपालको राष्ट्रिय भेला उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन । यादवले वर्तमान संसदीय व्यवस्थाका कारण राजनीतिक अस्थिरता बढेको बताए ।

उनले राजनीतिक अस्थिरता अन्त्य गर्न, विकास र समृद्धिको बाटोमा लाग्न प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थाको विकल्प नरहेको बताए । अध्यक्ष यादवले भने, ‘अहिलेको संसदीय व्यवस्था अन्तर्गत निर्वाचन प्रणाली महँगिएको छ, करोडौँ रुपैयाँ खर्चेर चुनाव जितेकाहरूबाट सेवाको अपेक्षा गर्न सकिँदैन, त्यसैले निर्वाचन प्रणाली फेर्नुपर्ने हुन्छ ।’ प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसदीय निर्वाचन अंगिकार गरेको खण्डमा भ्रष्टाचार नियन्त्रण हुने र समृद्धिको बाटोमा लाग्न मद्दत पुग्ने उनले बताए ।

सांसदहरु मन्त्री बन्ने व्यवस्थाको अन्त्य भए चुनावमा हुने खर्च आफै नियन्त्रित हुने र भ्रष्टाचार पनि अन्त्य हुने उनले स्पष्ट पारे । उनले हतारमा ल्याइएको संविधानको बेथितिहरु एकपछि अर्को उजागर हुन थालेको उल्लेख गर्दै अध्यक्ष यादवले पहिचानसहितको संघीय पुनःसंरचना र निर्वाचन प्रणालीको विषयमा संविधान संशोधन हुनुपर्ने बताए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend