काठमाडौं १ भदौ । नेपाल विद्युत प्राधिकरणले आज ३७ औँ वार्षिक उत्सव मनाउँदैछ। पहिले विद्युत उज्यालोका लागि, अबको विद्युत उज्ज्वल भविष्यका लागि’ भन्ने नारासहित मनाइने वार्षिक उत्सवको अवसरमा आज बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा विषेश कार्यक्रम हुदैछ।
कार्यक्रममा २० वर्षे सेवा अवधि पुरा गरेका कर्मचारीलाई दीर्घ सेवा पदकद्वारा सम्मान गरिने प्राधिकरणले जनाएको छ। यस्तै पछिल्लो एक वर्षको अवधिमा अवकाश प्राप्त गरेका कर्मचारीलाई उपहार पदक प्रदान गर्ने कार्यक्रम छ।
नेपाल विद्युत प्राधिकरण २०४२ साल भदौ १ गते स्थापना भएको हो। लामो समयसम्म घाटामा रहेको प्राधिकरण पछिल्लो वर्षहरुमा नाफामा छ। कुनै दिन दैनिक अठार घण्टासम्म लोडसेडिङ हुने गरेको थियो। तर हाल नेपालले छिमेकी देशमा विद्युत बेच्न थालेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend