आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

निर्वाचन आयोगमा दल दर्ताको समयसीमा आज सकिदै, कांग्रेसले आज दर्ता गर्दै

निर्वाचन आयोगमा दल दर्ताको समयसीमा आज सकिदै, कांग्रेसले आज दर्ता गर्दै

 

 

काठमाडौं ,३१ साउन। निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समयसीमा आजबाट समाप्त हुँदैछ । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि आयोगले दिएको समयसीमा आजबाट समाप्त हुन लागेको हो ।

निर्वाचन आयोगमाम सीके राउत नेतृत्वको जनमत पार्टीले पहिलो नम्बरमा राजनीतिक दल दर्ता गरेसँगै आयोगमा दर्ता हुने राजनीतिक दलको संख्या ६२ पुगेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

राष्ट्रिय मान्यता प्राप्त दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतले आयोगमा दल दर्ता गरेपनि नेपाली कांग्रेसले अझैसम्म दर्ता नगरेको आयोगले जनाएको छ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहहरु मध्ये सत्तारुढ दल नेपाली कांग्रेसले आज दल दर्ताका लागि निवेदन दिने तयारी गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend