सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सिजी ल्यान्डमार्कको तेस्रो वार्षिकोत्सव भव्य रुपमा मनाइँदै, ग्राहकलाई आकर्षक छुटको व्यवस्था

सिजी ल्यान्डमार्कको तेस्रो वार्षिकोत्सव भव्य रुपमा मनाइँदै, ग्राहकलाई आकर्षक छुटको व्यवस्था

 

भरतपुर २६ साउन । चितवनको भरतपुरस्थित अत्याधु्निक सुविधासम्पन्न र विश्वस्तरको व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कले सञ्चालनको तेस्रो वार्षिकोत्सव भव्य रुपमा मनाउने भएको छ । सिजी ल्यान्डमार्कले यही साउन २७, २८ र २९ गते तीन दिनसम्म विभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव मनाउने तयारी गरेको हो ।

वार्षिकोत्सवको अवसरमा सिजी ल्यान्डमार्कमा ग्राहक र आगन्तुकले गेम, डान्स, मेहेन्दी, लाइभ म्युजिक, फुडलगायतको मज्जा लिन पाउने मलले जनाएको छ । वार्षिकोत्सवको अवसरमा मलमा आउने ग्राहकका लागि गिफ्टको समेत व्यवस्था गरिएको मलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उज्वल केसीले जानकारी दिए । तेस्रो वार्षिकोत्सवको अवसरमा मलमा भव्य कार्यक्रम गरी प्रमुख अतिथिको हातबाट केक पनि काटिने सीईओ केसीको भनाइ छ ।

सहरभित्रको सहर नाराका साथ सञ्चालन भइरहेको सिजी ल्यान्डमार्कले तेस्रो वार्षिकोत्सवको अवसर पारेर मनसुन फेस्टिभ अफर पनि सार्वजनिक गरेको छ । पछिसम्म चल्ने मनसुन अफरअन्तर्गत मलमा सञ्चालित विभिन्न सामानका आउटलेटहरुले आकर्षक छुट दिनेछन् ।

ग्राहकले मलप्रति दर्शाएको स्नेहबाट उत्साहित हुँदै उनीहरुलाई बेग्लै किसिमको अनुभव दिन भव्य कार्यक्रम गरेर वार्षिकोत्सव मनाउन लागेको केसीको भनाइ छ । केसीका अनुसार सिजी ल्यान्डमार्क चितवनमा विश्वविख्यात ब्रान्डका सामान एकै ठाउँमा पाइने एकमात्र गन्तव्य हो । यहाँ सुविधासम्पन्न होटल, रेस्टुरेन्ट, सिनेमा हल, सपिङ सेन्टर, सभा हललगायतका सुविधा उपलब्ध छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend