आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

सरकारमा सहभागी हुने वा नहुने भन्ने बारे लोसपा नेता राजेन्द्र महतो यसो भन्छन्

सरकारमा सहभागी हुने वा नहुने भन्ने बारे लोसपा नेता राजेन्द्र महतो यसो भन्छन्

 

फाइल तस्वीर ।
काठमाडौं २४ साउन । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद राजेन्द्र महतोले पार्टी सरकारमा सहभागी हुने वा नहुने भन्ने बारेमा चाँडै टुंगो लाग्ने बताएका छन् ।

मंगलवार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारमा सहभागी हुने र आगामी निर्वाचनको लागि गठबन्धन गर्ने बारेमा छलफल भइरहेको बताए ।

‘हामी चुनावको तयारीमा लागिसकेका छौं । गठबन्धनको सवाल पनि उठिरहेको छ । तर अहिले ५ दलीय जुन गठबन्धन हो त्यो गठबन्धनको तर्फबाटआमन्त्रण आइरहेको छ । कुरा पनि भइरहेको छ । चाँडै यो विषयमा हामी टुंगोमा पुग्नेछौं,’ उनले भने, ‘छैटौं दलको रुपमा गठबन्धनमा जाने हो वा होइन चाँडै हामी टुंगोमा पुग्छौँ । जसपा र हामी एउटै सरकारमा बसेर जान केही गाह्रो छैन । सरकारको कुरा पनि भइरहेको छ ।’

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend