काठमाडौँ १७ साउन । प्रतिनिधि सभाको बैठक आज (मंगलबार) बस्दै छ। संसद सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ।
आजको बैठकका लागि सम्भावित कार्यक्रम तय गरिएको छ। जसअनुसार आजको बैठकमा प्रतिनिधि सभामा उत्पत्ति भएको खानेपानी तथा सरसफाई विधेयक २०७७ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने, प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाबाट सन्देसहित प्राप्त शपथसम्बन्धी विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।
यसैगरी उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त स्टान्डर्ड नाप र तौल (पाचौं संशोधन) विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त प्रत्यायन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, प्रधानमन्त्री देउवाले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त तथ्यांक विधेयक, २०७८ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend