आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

जनार्दन शर्माले पुनः अर्थमन्त्रीको सपथ लिने तयारी

जनार्दन शर्माले पुनः अर्थमन्त्रीको सपथ लिने तयारी

काठमाडौं,१५ साउन । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पुनः अर्थमन्त्रीको सपथ लिने भएका छन्। स्रोतका अनुसार शर्माको सपथको तयारी भइरहेको छ।

पार्टीमा छलफल गरेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै शर्माको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउँदैछन्। प्रधानमन्त्रीले शर्माको नाम शितल निवास पठाएपछि राष्ट्रपतिबाट आजै उनले पद तथा गोपनियताको सपथ लिनेछन्।

आर्थिक वर्ष २०७९्/८० को बजेट पेश गर्ने अघिल्लो दिन करका दर हेरफेर गराउन अनाधिकृत व्यक्ति ल्याएको भन्ने आरोप लागेपछि तत्कालीन अर्थमन्त्री शर्माले असार २२ गते पदबाट राजीनामा दिएका थिए।

सोही दिन उनीमाथि छानबिन गर्न संसदीय विशेष समिति बनेको थियो। समितिले शुक्रबार आफ्नो प्रतिवेदन बुझाएको हो। अनाधिकृत व्यक्ति प्रवेश गरेको प्रमाण नभेटिएको समितिको निष्कर्ष छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले भने फरक मत बुझाएका छन्। समितिले बहुमतका आधारमा प्रतिवेदन बुझाएको हो।सेतोपाटीबाट साभार

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend