सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

निमित्त प्रमुखकै भरमा २ सयभन्दा बढी स्थानीय तह

निमित्त प्रमुखकै भरमा २ सयभन्दा बढी स्थानीय तह

 

 

काठमाडौं १५ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अझै पनि गैरकानुनी रूपमा २ सयभन्दा बढी स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई नै जिम्मेवारी दिँदै आएको छ। सामान्य ले शाखा अधिक त दरबन्दी रहेका १ सय ३० स्थानीय तहमा ुकन्फर्म शाखा अधिकृतुलाई नपठाएर ुजुनियर कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ ।

तीमध्ये अधिकांश कर्मचारी स्थानीय तहमा समायोजन भएर गएका अहेब तथा कृषि, शिक्षा, स्वास्थ्य, भेटेनरी सेवाका खरिदार तथा सुब्बा स्तरका कर्मचारी छन् । त्यस्तै, उपसचिव दरबन्दी रहेकामध्ये १ सय २५ स्थानीय तहमा कन्फर्मुको साटो निमित्तका रूपमा अधिकहरूलाई जिम्मेवारी दिइएको छ । जबकि, सिंहदरबारमा दर्जनौँ उपसचिव अझै पनि जिम्मेवारी नपाएर बरन्डामा समय बिताउन विवश छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend