आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

प्रचण्डले खोले भित्री कुरा, आफना कार्यकर्तालाई दिए यस्तो निर्देशन

प्रचण्डले खोले भित्री कुरा, आफना कार्यकर्तालाई दिए यस्तो निर्देशन

 

काठमाडौं १४ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भित्री कुरा खोल्दै आगामी निर्वाचन स्थानीय तहभन्दा राम्रो नजिता ल्याएर देशको बागडोर नै सम्हाल्ने गरी जानुपर्ने बताएका छन ।

शनिबार पार्टीको सम्पर्क समन्वय समितिको कार्यक्रममा उनले यस्तो बताएका हुन । उनले स्थानीय चुनावबाट माओवादी भनेको माओवादी केन्द्रमात्र भएको पुष्टि भएको भन्दै मोहन बैद्य नेतृत्वको माओवादी, बिप्लव माओवादीको कुनै अर्थ नरहेको र बाबुराम माओवादी नै नभएको तर्क गरे ।
उनले संघ र प्रदेशको निर्वाचनमा सहज तालमेल हुने बताएका छन् । सहज तालमेल हुँदा कांग्रेसपछि दोस्रो ठूलो दल माओवादी हुने प्रचण्डको दाबी छ ।

कांग्रेस नेताहरूसँग यस विषयमा छलफल गरिसकेको भन्दै उनले कांग्रेसले सहयोग नगरे सहकार्य हुन नसक्ने बताए । उनले संघ र प्रदेशको निर्वाचनमा स्थानीय तहको निर्वाचनमा ‘गडबड’ हुन नदिने बताए ।

संघ र प्रदेशको निर्वाचनमा स्थानीय तह निर्वाचनमा भएको कमजोरी सुधार्ने उनको भनाइ छ । स्थानीय तहमा गठबन्धनबीच तालमेल जटिल रहेको भन्दै यसपटक टिकट वितरणमा समस्या आउन नदिने बताए ।

प्रचण्डले आगामी मंसिर ४ गते निर्वाचन गर्ने गरी मिति तोक्ने सम्भावना रहेको भन्दै तीन महिनामा माओवादीलाई बलियो बनाउने गरी तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन समेत दिए ।

नेपालको राजनीतिक परिवर्तन आफ्नै पार्टीका कारण सम्भव भएको दाबी गर्दै प्रचण्डले समावेशी, समानुपातिक प्रणाली माओवादी कै कारण सम्भव भएको बताए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend