आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

१ करोड क्षतिपूर्ति कुर्दै एसिड पीडित

१ करोड क्षतिपूर्ति कुर्दै एसिड पीडित

 

काठमाडौं ६ साउन । मकवानपुर जिल्ला अदालतले देशमै चर्चित एक मुद्दाका पीडकबाट १ करोड १४ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको थियो। तर, फैसला भएको लामो समय बितिसक्दा पनि पीडक पक्षले क्षतिपूर्ति रकम दाखिला गरेको छैन।

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै हेटौँडाकी करिब २१ वर्षीया युवतीमाथि एसिड प्रहार गर्ने भारतको अमरपर्वन(६ का राज भनिने दिलीपराज केशरीलाई दोषी ठहर गर्दै अदालतले उक्त क्षतिपूर्ति तोकेको हो। भारतीय नागरिक केशरीलाई ज्यान मार्ने उद्योगअन्तर्गत ८ वर्ष कैद र १ करोड १४ लाख रुपियाँ जरिवानाको फैसला गरिएको थियो। एसिड आक्रमणको मतियारका रूपमा आरोपी सञ्जयकुमार मण्डललाई २ वर्ष ६ महिना कैद र ४० हजार रुपियाँ जरिवानाको फैसला गरिएको छ। आजको नेपाल समाचारपत्रदैनिकमा समाचार छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend