आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

नेपालका कम्युनिस्ट पार्टी एकीकरण गृहकार्य अगाडि बढ्यो, प्रचण्डले राखे यस्तो प्रस्ताव

नेपालका कम्युनिस्ट पार्टी एकीकरण गृहकार्य अगाडि बढ्यो, प्रचण्डले राखे यस्तो प्रस्ताव

 

 

काठमाडौं ६ साउन । नेपालका कम्युनिस्ट पार्टी एकीकरण गृहकार्य अगाडि बढेको छ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले एकीकरणबाट नयाँ गठन हुने पार्टीको नाम ुनेपाल कम्युनिस्ट पार्टी (समाजवादी केन्द्र) राख्न प्रस्तावसमेत गरेका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्षबाट कारबाही गरिएका डा। बाबुराम भट्टराईबीच बिहीबार पार्टी एकीकरणबारे छलफल भएको छ। प्रचण्ड सचिवालयका अनुसार ललितपुर हात्तीवन हाउजिङमा छलफल भएको हो। आफ्ना भान्जा गोकुल भण्डारीको अपार्टमेन्टमा भएको छलफलमा प्रचण्डले नयाँ पार्टीको नाम प्रस्ताव गर्दै थप निर्णयका लागि छिट्टै बस्ने सहमति गरेका छन् । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठसहितका नेताले पार्टी एकीकरणुबारे छलफल गरेका छन् । भट्टराईसँग छलफल गर्नुअघि प्रचण्डले माओवादी नेता श्रेष्ठसँग बिहीबार नै लामो छलफल गरेका छन्। आजको राजधानी दैनिकमा समाचार छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend