आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

प्रचण्ड र बाबुरामबीच भेटवार्ता

प्रचण्ड र बाबुरामबीच भेटवार्ता

 

 

काठमाडौं ५ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

आज बिहान ललितपुरको हात्तीवनस्थित प्रचण्डनिकट एक व्यक्तिको घरमा करिब दुई घण्टा छलफल भएको डा भट्टराईको सचिवालयले जनाएको छ ।
सिंहदरबारमा यी दुई नेताबीच गएको मंगलबार पनि भेटवार्ता भएको थियो । पार्टी एकता गरेर समाजवादी केन्द्र बनाउने विषयमा छलफल भएको बताइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend