आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

तत्कालीन अर्थमन्त्री शर्मामाथिको छानबिन सकियो, यसो भन्छ छानबिन समिति

तत्कालीन अर्थमन्त्री शर्मामाथिको छानबिन सकियो, यसो भन्छ छानबिन समिति

 

काठमाडौं ५ साउन। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माका विषयमा छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले सोधपुछको कार्य सकिएको जनाएको छ ।

निवर्तमान मन्त्री शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा छानबिन गर्न संसद्ले समिति बनाएको थियो । समितिको १० दिनको म्याद आज सकिँदै छ ।

समितिका सचिव सुरेन्द्र अर्यालले १० दिनभित्र समितिले अर्थ मन्त्रालयका कर्मचारीदेखि मन्त्री शर्मासँग समेत छलफल गरिसकेको जानकारी दिए । यस्तै, डिलिट भएको भनिएको सीसीटीभी फुटेज ‘रिकभर’ गर्न प्रहरीलाई बुझाइएको तर प्रहरीबाट थप जानकारी नआएको बताए ।

“सीसीटीभी फुटेजको रिकभरी गर्न सकिने भए गर्न भनेर प्रहरीलाई पठाएका छौँ । त्यसको प्रतिवेदन कहिले आउँछ भन्ने पनि भइसकेको छैन,” उनले भने, “सोधपुछ गर्ने कुराहरू मन्त्रालयका सबै तहका कर्मचारीहरू र मन्त्रीसँग पनि छलफल भइसकेको छ ।

अब भोलि ११ बजे बैठक बसेर थप प्रक्रियाको विषयमा छलफल गर्छौँ ।” समितिले समय थप्न सभामुख अग्निप्रसाद सापकोटासँग अनुरोध गरेको पनि उनले जानकारी दिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend