काठमाडौं । गोरखामा जनता समाजवादी पार्टी नेपाल (जसपा) पुनर्गठन गर्ने निर्णय भएको छ। मंगलबार जसपा गोरखाले बैठक गरेर पार्टी पुनर्गठन गर्ने निर्णय गरेको हो।
जनता समाजवादी पार्टी जिल्ला कार्यसमिति गोरखाले एक विज्ञप्ति जारी गर्दै पार्टी पूर्नगठनका लागि निर्णय गरिएको जनाएको छ। गोरखामा पार्टी पूर्नगठनका लागि यान प्रसाद भट्टको संयोजकत्वमा ९१ सदस्यीय जिल्ला भेला आयोजक समिति गठन गरिएको छ।
साथै बैठकले जिल्ला मातहतका सबै समितिहरु स्वत भेला आयोजक समितिमा समायोजन भएको निर्णय समेत गरेको भट्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
यस अघि गत असार २९ र ३० गते जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षको बैठकले भट्टराईसहित ९ नेतामाथि कारबाही गरेको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend