काठमाण्डौ । अहिले तीन वटा दलबीच समाजवादी केन्द्र निर्माणबारे छलफल भइरहेको छ । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानका शीर्ष नेताहरूबीच सिंहदरबारमा छलफल भइरहेको हो ।
छलफलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनाल, नेकपा एकता अभियानका संयोजक वामदेव गौतम लगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको छ । छलफलमा नेकपा एमालेबाहेकको राष्ट्रिय समाजवादी केन्द्र बनाउने विषयमा कुराकानी भइरहेको छ । आउँदो चुनावअघि नै एमालेबाहेकका कम्युनिस्ट पार्टी मिलेर समाजवादी केन्द्र बनाउन माओवादी र एकीकृत समाजवादी तयार भएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend