काठमाडौं ३ साउन । पछिल्ला दुई वर्षको तुलनामा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जाने श्रमिकको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ। कोरोना सङ्क्रमणका कारण दुई वर्ष रोकिएको कोरियाको रोजगारी गएको कात्तिकबाट पुनः सुरु भएर हालसम्म ५ हजार ५५६ श्रमिक कोरिया प्रवेश गरेका छन् । यो सङ्ख्या गत वर्ष ३८७ रहेको थियो भने अघिल्लो वर्ष अर्थात् सन् २०२० मा १ हजार २७ थियो।
वैदेशिक रोजगार विभागले गत आर्थिक वर्ष २०७४/०७९ को प्रगति प्रतिवेदन सार्वजनिक गर्दै नेपाली श्रमिकको आकर्षक रोजगार गन्तव्य कोरिया पुनः लयमा फर्केको जनाएको छ । विभागका महानिर्देशक शेषनारायण पौडेलले ईपीएस अन्तर्गत जाने श्रमिकका लागि थप कोटा निर्धारण गरेको जनाउँदै आगामी वर्ष अझ धेरै युवाले कोरियामा रोजगारी पाउने बताए। ुहाल उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रका लागि कोरियाका रोजगारदाताले १० हजारको हाराहारीमा नेपालबाट श्रमिक लैजान भाषा परीक्षा भइरहेको छ,ु महानिर्देशक पौडेलले भने, ुकोरोना संक्रमणपछि कोरियामा श्रमिक अभाव भए पनि अन्य देशको तुलनामा नेपालबाट धेरै श्रमिक लैजाने तयारी भएको हो। आजको कारोबार दैनिकमा समाचार छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend