आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

वाम-लोकतान्त्रिक शक्तिको एकता जरुरीः दाहाल

वाम-लोकतान्त्रिक शक्तिको एकता जरुरीः दाहाल

 

 

काठमाण्डौं, २६ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न  वाम लोकतान्त्रिक शक्ति एक हुनुपर्ने बताएका छन्।

मुस्लिम समुदायको चाड बकर ईदको अवसरमा आज शुभकामना दिँदै उनले मुलुकलाई वैज्ञानिक समाजवादको यात्रामा अघि बढाउन परिवर्तनकारी वाम(लोकतान्त्रिक शक्तिहरू एकीकृत र केन्द्रित हुन जरुरी रहेको बताएका हुन्।

दाहालले शुभकामना सन्देशमा भनेका छन्‚ “मुलुकको राष्ट्रिय स्वाधीनताका लागि जनयुद्ध र जनआन्दोलनका बलमा हासिल भएका उपलब्धिहरूको रक्षा गर्दै वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोर्‍याउन परिवर्तनकारी वाम(लोकतान्त्रिक शक्तिहरू एकीकृत र केन्द्रिकृत हुन जरुरी छ।”

उनले समाजमा रहेका परम्परा, भाषा, धर्म र संस्कृतिले पारस्परिक सम्मान सहित अघि बढ्न अभिप्रेरित गरिरहेको बताएका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend