आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

काँग्रेस भद्रगोल बन्दै, २८ वटै विभाग खाली

काँग्रेस भद्रगोल बन्दै, २८ वटै विभाग खाली

sf7df8f}F, @* df3 . k|wfgdGqL Pj+ g]kfnL sfFu|];sf ;efklt z]/axfb'/ b]pjfsf] cWoIftfdf z'qmaf/ nlntk'/l:yt ;fg]kfdf a;]sf] g]kfnL sfFu|]; s]Gb|Lo sfo{ ;Dkfbg ;ldltsf] a}7sdf ;xefuL . t:jL/ M /f]zg ;fksf]6f, /f;;

 

काठमाडौं २१ असार । देशको सत्ता सम्हालेको दल नेपाली काँग्रेस आफैँ भने भद्रगोल बन्दै गएको छ । १४औँ महाधिवेशन सम्पन्न भएको ६ महिना बित्दासमेत काँग्रेस नेतृत्व विधानअनुसार अघि बढ्न सकेको छैन । काँग्रेसले गत मङ्सिरमा नयाँ नेतृत्व चुनेको थियो ।

१४औँ महाधिवेशनबाट निर्वाचित बनेका सभापति शेरबहादुर देउवाले पार्टी विधानमा उल्लेख भएअनुसार ६ महिनाभित्र विभाग गठन गर्नुपर्नेमा सो समय नाघ्दासमेत त्यतातर्फ ध्यान दिएका छैनन् । सभापतिले विधान मिचेको भन्दै पार्टीभित्रै उनको आलोचना भएको छ । विभाग खाली भएकाले कैयौँ नेताले पार्टीभित्र ‘बिजनेस’ पाउन सकेका छैनन् ।

काँग्रेस विधानको धारा ६० मा ‘पार्टीको सबै तहमा गठन गर्ने भनिएका विभाग समिति विभिन्न निकाय महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गठन गरिसक्नुपर्नेछ,’ भन्ने उल्लेख छ । काँग्रेस विधानको धारा ३७ मा २८ विभाग रहने उल्लेख छ । केन्द्रमा रहने ती विभागमा केन्द्रीय कार्यसमितिका सदस्य प्रमुख रहने वैधानिक व्यवस्था छ । आजको राजधानी दैनिकमा समाचार छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend