आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

स्वतन्त्र उम्मेदवारको जित अपवाद होः ओली

स्वतन्त्र उम्मेदवारको जित अपवाद होः ओली

 

 

काठमाडौं ९ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा मुख्य रुपमा एमाले र कांग्रेस दुईवटा राजनीतिक पार्टी रहेको बताएका छन । एमाले र कांग्रेसले राम्रो काम नगरे अपवादको रुपमा नयाँ शक्तिले जन्म लिने उनले बताए । स्वतन्त्र उम्मेदवारले चुनाव जित्नुलाई समग्र सत्यको रुपमा लिन नहुने उनको भनाई छ ।

टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन । उनले युवाहरु स्वतन्त्र उम्मेदवार भएर विजयी हुनुलाई अपवादको रुपमा लिनुपर्ने बताए । उनले भने, ‘यो गतिशील दुनियाँ हो । यसलाई समग्र सत्यको रुपमा होइन, यो आंशिक सत्यको रुपमा लिनुपर्छ ।’

‘म यो पनि भन्दिन कि नेकपा एमाले घामजुन रहुन्जेल रहन्छ, नेपाली काँग्रेस घामजुन रहुन्जेल रहन्छ भन्ने होइन,’ एमाले अध्यक्ष ओलीले अघि भने, ‘तर अहिलेको यथार्थ नेपालमा मुख्य रुपमा दुई वटा पोलिटिकल पार्टी छन्, एमाले र काँग्रेस । यिनीहरुले केही पनि ठिक काम गरेनन् र योभन्दा राम्रो काम गर्ने अर्को आयो भने पनि त्यसलाई अस्वीकार गर्ने भन्ने कुरा हुँदैन ।’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend