काठमाडौं ९ असार । नेकपा एमाले नेता गोकुल बास्कोटाले नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव कुमार नेपाललाई उनकै मन्त्रीहरुले टालो बनाएर फ्याँकेको टिप्पणी गरेका छन् ।
उनले सामाजिक संजालमा स्टाटस लेख्दै हिजो ओली को हो ? उनको निर्णय मान्नुपर्ने भन्दै छाँति पिट्ने माधव आजै आफ्नै मन्त्रीहरुबाट फ्याँकिएको टालो बनेको टिप्पणी गरेका हुन् ।
‘हिजो ओली को हो र उनको निर्णय मान्नु पर्ने ? म नेता हुँ नेता, भनेर छाँती पिट्ने माधव नेपाललाई आज उनकै निर्णय उनकै मन्त्रीहरुले टालो बनाएर फाल्दिदा कस्तो लागेको होला म्यादी भित्र जादा उमेदवार बाहिर निस्कने उमेदवार मन्त्रीभित्र जादा म्यादी निस्कने दृष्य एक हप्तादेखि सदनमा देख्न पाइएकै छ,’ उनले भनेका छन् ।
नेता बास्कोटाले अध्यक्ष माधव नेपालको निर्णयलाई मन्त्रिहरुले अटेर गरेको भन्दै उक्त टिप्पणी गरेका हुन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend