सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पुराना पार्टीवाट वाक्क दिक्क भएका जनता रबिको पछि

पुराना पार्टीवाट वाक्क दिक्क भएका जनता रबिको पछि

डा डीआर उपाध्याय

रवि लामिछानेले राष्ट्रिय सभा गृहमा मंगलबार दिउँसो नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका छन । यो दलको घोषणा संगै राजनीतिमा तरंग पैदा भएको छ । पुराना पार्टीवाट वाक्क दिक्क भएका जनता रबिको पछि लाग्नु स्वभाविक कुरा हो । राजनीतिमा लामो समय देखि छलछाम मात्रै भयो । ब्यवस्था बदलियो तर जनताको अबस्था बदलिन सकेन । त्यसैले पनि रविले ब्यवस्था होइन, अबस्था बदल्न पार्टी निर्माण गरेको उदघोष गरे । सभामा सहभागी धेरै मान्छेहरु उत्साहित भएको पनि देखियो । पुराना राजनीति दलहरुले देश र जनताको पक्षमा राम्रो काम गरेर देखाउन सकेको भए रबिको पछि यति ठूलो भिड जम्मा नहुन सक्थ्यो । आज जनतामा यति धेरै निराशा छाएको छ की त्यो भनि साध्य छैन ।

जनतामा निराश र असन्तुष्टि भयो भने बिकल्प खोज्न बाध्य हुन्छन । यो जनताको अधिकारको कुरा हो । हिजोको सभामा रविको भाषण सुन्न जम्मा भएको भिड पनि पुराना दल प्रतिको असन्तुष्टि हो । पुराना दलहरुमा दम्भ र अहंकार मात्र पैदा भयो । देश र जनताको लागी उनीहरुले केही सोचेनन् । पुराना राजनीति दलहरुको भबिश्य माथि गम्भिर प्रश्न उठन थालेको छ । पुराना राजनीतिक दलहरु कहिले पनि सच्चिन खोजेनन् । त्यसैको परिणाम हो रबिको पछि भिड जम्मा भएको यसमा दुइ मत छैन । पुराना राजनीतिक दलहरु सत्तामा गए पछि आफना आसे पासे, नाता गोता बाहेक अरु कसैलाई हेरेनन् । यस्तै अबस्था रहि रहने हो भने पुराना राजनीतिक दलहरुको भबिश्य संकटमा पर्ने निश्चित छ ।

पुराना राजनीतिक दलहरु नातावाद र परिवारवादको घेराले सकिदै छन । पुराना राजनीतिक दलहरुले नातावाद र परिवारवादको घेरा टोड्न सकेनन् । त्यही घेरा टोडन नसक्नु नै दलहरुको कमजोरी हो । रबिको भाषणमा तालि बजाउनेहरु तिनै पुराना पार्टीका असन्तुष्ट कार्यकर्ता हुन । ति कार्यकर्ताहरु देश भरी रबिको पक्षमा डुले भने पुराना पार्टीको हालत के हुन्छ ?  यो कुरा पुराना दलहरुले बुझेका छन । बालेन साहलाई पनि दलहरुले मतलव नदिदा काठमाण्डौ महानगर पालिकाको मेयर जितेर देखाए । हर्क राईले धरानमा जितेर देखाए । यो जनताको फैसला हो । जनताले जे फैसला गर्छन त्यो मान्न तयार हुनु पर्छ । भोली रबि जस्ता सयौं युवाले प्रदेश र संघीय चुनाव जितेर आउन सक्छन । यो नै लोकतन्त्र हो । लोकतन्त्रमा प्रतिष्प्रर्धा हुनु स्वभाबिक प्रक्रिया हो । पुराना राजनीतिक दलहरुले आफूलाई अझै पनि सुधार नगर्ने हो भने रबि, बालेन, हर्क जस्ता सयौं युवा जन्मिन सक्छन । पुराना दलहरुले कमसेकम बेलैमा सोच्ने हो भने अझै सुरक्षित हुन सक्ने छन । पुराना दलहरुले गलत प्रबृति र गलत चिन्तन छोडनु पर्छ । राजनीतिक दलहरु सच्चिने अबसर र चुनौति दुबै आएको छ । यो दलहरुले बुझने कुरा हो , हामीले त सुझाव मात्र दिने हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend