आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

सांग्रिला डेभलपमेन्ट बैंकले सार्वजनिक शौचालय बनाउने

सांग्रिला डेभलपमेन्ट बैंकले सार्वजनिक शौचालय बनाउने

 

 

काठमाडौं ७ असार ।सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो केन्द्रिय कार्यालय, बालुवाटार परिसरमा रहेको शौचालय सार्वजनिक शौचालयको रुपमा सर्वसाधारण नागरिकलाई निःशुल्क प्रयोग गर्न दिने निर्णय गरेको छ । यसका लागि बैंकले काठमाडौं महानगरपालिकसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र काठमाण्डौं महानगरपालिकाको मातहतमा रहेको सार्वजनिक निजी साझेदारी एकाइका तर्फबाट नुर निधि न्यौपानेले हस्ताक्षर गरेका छन् । बैंकको यस निर्णयले सर्वसाधारण नागरिकलाई सहजताका साथ शौचालय उपलब्ध गराउने काठमाडौं महानगरपालिकाको प्रयासमा सहयोग पु¥याउने विश्वास बैंकले लिएको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend