आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

काठमाडौं महानगरले जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं महानगरले जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने

 

काठमाडौं ५ असार । काठमाडौं महानगरपालिकाले जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने भएको छ। राष्ट्रिय सभा गृहमा आइतबार सम्पन्न नगरसभामा महानगर प्रमुख बालेन्द्र शाहले आगामी आर्थिक वर्षदेखि जनतासँग मेयर कार्यक्रम सञ्चाल गर्ने जानकारी दिए।

आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले जनसरोकारका विषयमा प्रत्यक्ष सम्बाद गर्ने जानकारि दिए।

त्यस्तै महानगरभित्रका बस स्टपमा मौलिक शैलीमा फल्चाहरु निर्माण गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ। फाल्चा निर्माणका लागि निजी संघसंस्थाहरुलाई आह्वान गरिने शाहले बताए। यात्रुहरुको विश्रामका लागि फाल्चा निर्माण गरिने शाहले जानकारी दिए।

त्यस्तै महानगरले करदाताको स्वास्थ्य बीमा गर्ने नीति ल्याएको छ। जसमा ५० प्रतिशतसम्म अनुदान दिने नीति तथा कार्यक्रममा समेटिएको छ। त्यस्तै महानगरले कोचिङ सेन्टर र शैक्षिक परामर्श केन्द्र नियमन गर्ने भएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend