आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

पूर्वमाओवादीहरु एक ठाउँमा आउने वातावरण बनेको खुलासा

पूर्वमाओवादीहरु एक ठाउँमा आउने वातावरण बनेको खुलासा

फाइल तस्विर

काठमाडौँ ५ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीहरु एक ठाउँमा आउने वातावरण बनेको खुलासा गरेका छन्।

नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

‘एकता विभाजनको श्रृङ्खला पार गरेर यहाँ आइपुगेका छौं। माओवादी आन्दोलनभित्र पनि विभाजनको श्रृङ्खला र एकताको नयाँ प्रक्रिया हुँदै करिब करिब कस्तो ठाउँमा आइपुगेका छौं,’ अध्यक्ष प्रचण्डले सम्बोधनको क्रममा भने, ‘सबै पूर्व माओवादीहरु एक ठाउँमा आउने वातावरण बनेको छ। फेरि विभाजनलाई निशेध गरेर एकताले ठाउँ लिँदैछ। छिटै कुरो टुंगोमा पुग्दै छ।’

एकताको वातावरण बनेर छिट्टै टुंगोमा पुग्ने अवस्था सिर्जना भएको प्रचण्डले बताए। ‘यो परिवर्तनलाई संस्थागत गर्दै यसमा टेक्दै अझै अघि बढ्ने संघर्षमा हामी छौं’ उनले भने।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend