काठमाडौं ५ असार । राहदानी विभागमा बिचौलियाको हैकम अझै कम हुन सकेको छैन । विभागमा राहदानी लिनेको भोडको लाभ उठाउँदै विचौलियाको लकों लाग्ने गरेको छ। राहदानी छिटो दिलाइदिने बहानामा सेवाग्राहीसँग अनावश्यक रकम असुली गर्दै बिचौलियाले आर्थिक लाभ लिने गरेको विभागले त्यीकार गरेको छ।
दैनिक तीन हजारभन्दा बढी मानिस विभागबाट राहदानी लिनकै लागि लाइनमा लाग्ने गर्छन् । यो भीड विचौलियाको आर्थिक लाभको राम्रो स्रोत बन्न थालेको छ। विभागका प्रवक्ता शरदराज अरनले बिचौलियाले छिटो काम गराइदिन्छु( हाकिम सबै चिनेको छ भन्दै सेवाग्राहीबाट रकम असुलेको पाइएको जानकारी दिनुभयो। आफ्नो राहदानी बनाउने भन्दै राहदानी परिसरभित्र प्रवेश गरेर फाँटका कर्मचारीलाई अनावश्यक दबाब र प्रलोभनसमेत ती विचौलियाले दिने गरेको उहाँको दाबी छ। आजको गोरखापत्र दैनिकमा समाचार छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend