काठमाडौं ३० जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पास भएको दोस्रो दिन संसद्बाट नागरिकता विधेयक पनि पास हुने बताएका छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुसँग सोमबार बिहान बालुवाटारमा भएको भेटका क्रममा प्रधानमन्त्री देउवाले नागरिकता विधेयक छिट्टै पास हुने आश्वासन दिएका हुन्।
ुअहिले संसद्मा बजेटमाथि विषयगत छलफल भइरहेको छ। बजेट पास भएको दोस्रो दिन नागरिकता विधेयक पास हुन्छ भन्ने प्रधानमन्त्रीज्यूको कुरा रह्यो,ु प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका लोसपा नेता लक्ष्मणलाल कर्णले भने।
यसअघि आफूहरुका माग सम्बोधन गर्न भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका लोसपाका नेताहरु सोमबार पनि बालुवाटार पुगेका थिए।
ुहामीले जुन ११ बुँदे मागपत्र प्रधानमन्त्रीलाई बुझाइएका थियौं, ती मागको कार्यान्वयनको सन्दर्भमा ताकेता गर्न समोबार पनि बालुवाटार पुगेका हौं,ु कर्णले भने।
यस्तै, मधेस आन्दोलनलगायत विभिन्न आन्दोलनका क्रममा पक्राउ परेर थुनामा रहेकालाई थुनामुक्त र मुद्दा फिर्ताको सन्दर्भमा पनि छिट्टै निष्कर्षमा पुग्नेगरी छलफल भएको कर्णले सुनाए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend