सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बिश्व थर्काउने बीर गोर्खाली

बिश्व थर्काउने बीर गोर्खाली

बिष्णु प्रसाद शर्मा,

 

जर्मन सम्राट कैजर बिलियमले भनेका थिए- ”मेरा प्यारा सैनिकलाई संसारका कुनै सेना संग लडाउन रत्तिभर पनि डर मान्दिन तर गोरखा सैनिकको नाम सुन्ना साथ मेरो मुटु थर्कमान हुन्छ ।” यो कुनै कथा थिएन । बि स २०२८ साल भन्दा अघि सम्म पनि शाही नेपाली सेना र ब्रिटिस र भारतमा कार्यरत गोरखाहरुको परिचय फलामको नसा भएका भनेर भनिदै थियो ।
बि स २०४६ को परिवर्तनले दलिय ब्यवस्था स्थापना गरायो । नेपाली सेनामा बिस्तारै पश्चिमाहरुको प्रभावले जरा गाडदै शाही नेपाली सेनामा गम्भिर बिचलन आयो । भारत र ब्रिटिसमा कार्यरत गोरखाहरुको अहिले पनि कम आकलन गर्न मिल्दैन । दलियताले देशको हुर्मत लियो । जुन छुनै नहुने ठाउँमा छोइयो र चलाउँनै नहुने शक्तिलाई पाखा लगाउने काम गरियो, यो नेपालको दुरभाग्य थियो ।
बिश्वको सवै भन्दा पुरानो र धार्मिक देश नेपाल श्री ५ पृथ्वी नारायण शाहको अनुकरणिय एकिकरण प्रयासको धेरै जसो पश्चिमाहरुले अनुशरण गरेका थिए । नेपाललाई परिचित गराउने सगरमाथा र हिन्दु अधिराज्य यही थियो । बिश्वभरीका धेरै अरु देशहरुमा भन्दा फरक परम्परा धार्मिकता, जात जाती, भाषा भाषी भएको र बैदिक सनातन कुल धर्मको बिश्वास रहेको थियो । नेपालमा धेरै किसिमका चाड पर्व मनाइने गरिएको छ र देवताको शक्तिले सबै प्राणीको रक्षा भइराखेको बिश्वास छ । पश्चिमा बिधर्मीहरुले जव नेपालमा खेल्न पाए तव अनेक प्रकारले नेपाली जनमानसमा गम्भिर प्रहार गर्न सफल भए । उनीहरुलाई खेल्ने मैदान दिने  दलिय ब्यवस्था हो र दलमा आवद्ध रहेका हलि र गोठालाहरुले ठूलो धन रासी प्राप्त गरेर उनीहरुलाई सुनौलो अवसर दिइराखेका छन ।
नेपालको हावा, पानी, धार्मिकताको प्रभाव र शक्तिले फलामका नसा भएका बीरहरुले बिश्व थर्काउने बीर गोर्खाली नामले नै परिचित हुनुमा श्री ५ पृथ्वी नारायण शाहको योगदान र उहाँसंग जोडिएको आत्म बललाई बैरी फिरङ्गीहरुले किनेता पनि सधैका लागी बिकाउमा रहन सक्दैन र उनीहरुको लगानी खेर गइ सकेको छ । जती लगानी बढाउँ त्यो बालुवामा हालेको पानी सरह भएर जाने छ र अन्त्यमा सत्यकै बिजय भइछाडने पक्का छ । सदाचारको महत्वले बिश्व बिजयको बाटो पत्ता लाग्द छ र नेपाली यसमा परिपक्क छन । नेपालको राष्ट्रिय पोशाक दौरा सुरुवाल र ढाका टोपीमा सजिएर कम्मरमा बाधिएको पटुकामा खुकुरीलाई भिरेर फिरंगी किनलकको चौबिस सय फौजलाई धुलो चटाउन मात्र होइन, बेलायतको राजमुकुट जोगाउन सफल भएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend