सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बलात्कारको सजाय फाँसी वा नपुंसकताको इन्जेक्सन

बलात्कारको सजाय फाँसी वा नपुंसकताको इन्जेक्सन

 

डा डि आर उपाध्याय खनाल,

 

काठमाडौं । बलात्कारको ग्राफ दिन प्रति दिन उकालो लाग्दो छ । आधुनिक मानविय सभ्गतालाई यसले क्षतविक्षत पारिरहेको छ । प्रहरीका अनुसार ०५३/०५४ देखि २०७६/०७७ सम्म देशभर १४ हजार ६३८ महिला बलात्कृत भएका छन् ।

प्रत्येक वर्ष औषत २० प्रतिशतका दरले बलात्कारका घटना बढिरहेको छन् । २०७७ मंसिरमा महोत्तरी बर्दिबासकी ६ वर्षिया बालिकाको बलात्कार पछि हत्या जस्ता अनेकौं कालो धब्बा समय समयमा देखिने गरेका छन् । राजधानी काठकाण्डौको चाबहिल स्थित सेन्टलरेनसका शिक्षक यसै साता पक्राउ गरिए । उनीमाथि ११–१२ कक्षाकी छात्राहरुसँग यौन दुव्र्यवहार गर्ने गरेको आरोप कलेजका विद्यार्थीहरुले नै लगाएका छन् ।

राजधानीमै ८ वर्ष अघि सौन्दर्य प्रतियोगितामा सहभागी हँुदा आफुलाई बेहोस बनाएर बलात्कार गरेको र त्यसपछि ब्ल्याकमेल गरेर निरन्तर ५ महिना यौन शोषण गरेको भन्दै पिडित युवतीले भिडिया मार्फत हालै घटना सार्वजानिक गरेका छन् । यस घटनाका आरोपीलाई पनि पक्राउ गरेको छ ।

चौतर्फि विकास र प्रगतिको मार्गमा अग्रसर समाजलाई घरी घरी बलात्कारको नृशंसताले स्तब्ध बनाउने गरेको छ । चेलिबेटिको अस्मिताको सुरक्षालाई लिएर अभिभावक देखि सामाजिक अभियान्ताहरुमा गहिरो चिन्ता उत्पन्न भएको छ । बलात्कारीलाई राजनीतिक संरक्षण, आर्थिक प्रलोभन वा धम्कि दिई सामसुम पार्ने गरिएका दर्जनौ उदाहरणहरु सार्वजनिक हुने गरेका छन् । यसबाट बलात्कार नियन्त्रणमा प्रतिकुल असर परेको स्पष्ट छ ।

मुलुकको कानुनले बलात्कारीको लागि तोकेको सजाय अपर्याप्त भएको हँुदा पनि बलातकारले प्रभाव पारिरहेकोमा कसैको द्धिमत हुन सक्दैन । बलात्कारीको पक्षमा वा उसको संरक्षणमा अगाडि सर्ने आफन्त, बिचौलिया वा जस्तोसुकै पहँुचवालालाई बलात्कारको मतियारको रुपमा लिएर उसलाई पनि कानुनी दायरामा ल्याई सजायको भागी बनाउनु पर्छ ।

प्रतिनिधिसभाको महिला तथा सामाजिक हालै यौन हिंसा, दुव्यवहार, जबरजस्ति करणी जस्ता जघन्य अपराधका घटनामा विद्यमान हदम्यादको व्यबस्थालाई संशोधन गर्न आवस्यक विद्येयक तत्काल संसदमा ल्याउन सरकारलाई निर्देशन दिएको छ। हदम्यादले पिडितलाई न्याय पाउनमा अवरोध गर्ने सहमतिले अवस्यनै स्वागत योग्य पहल कदमी हो ।

तर बलात्कारको सजाय फाँसी वा नपुंसकताको इन्जेक्सन नबनाए सम्म बलातकारको मनसाय बनाउनेलाई निरुत्साहित बनाउन नसकिने यथार्थ सबैले आत्मसाथ गर्नु अपरिहार्य छ । कयौं राष्ट्रले बलात्कारीको लागि यस्तो सजाय दिन थालिसकेको परिपेक्ष्यमा हामीहरुले यसतर्फ तदारुकता नदेखाउनु सर्वथा अनुचित देखिन्छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend