जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट मेयरमा संजीवकुमार साह निर्वाचित भएका छन्।
साह ५ हजार ६१७ मत ल्याएर निर्वाचित भएका हुन् भने उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजय मण्डल ५ हजार ३५४ मत ल्याएका छन्।
यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसकी शान्तीकुमारी सिंह निर्वाचित भएकी छन्। उनले ५ हजार ७७५ मत ल्याएर निर्वाचित भइन् भने उनको निकटतम प्रतिद्वन्दी लोसपाकी गंगाकुमारी सिंह दनुवार ५ हजार ३५५ मत ल्याइन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend