आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

पछिल्लो परिणाम अनुसार नेकपा एमालेले १५ स्थानीय तह जित्दै पहिलो स्थानमा

पछिल्लो परिणाम अनुसार नेकपा एमालेले १५ स्थानीय तह जित्दै पहिलो स्थानमा

 

काठमाडौँ १ जेठ । स्थानीय तहको शुक्रबार भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। पछिल्लो परिणामअनुसार नेकपा एमालेले १५ स्थानीय तह जित्दै पहिलो स्थानमा छ।

अर्कातिर नेपाली कांग्रेसले ११ स्थानीय तह जितेर दोस्र स्थानमा छ। तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ९ र नेकपा एकीकृत समाजवादी पार्टीले २ स्थानीय तह जितेका छन्।

देशभर ७ सय ५३ तहमा एकैसाथ निर्वाचन भएको थियो। ६ सय ३४ स्थानीय तहमा मतगणना जारी छ।

जसमा कांग्रेस २ सय ६४, एमाले १ सय ९०, माओवादी केन्द्र १ सय ७, नेकपा एकीकृत १२, जनता समाजवादी पार्टी (जसपा) ले २७, अन्य दलले ३४ तहमा अग्रता लिएका छन्।

पछिल्लो मतपरिणामलाई हेर्दा एमाले घट्दो क्रममा देखिएको छ। कांग्रेसले २०७४ को भन्दा केही तह बढाउने देखिएको छ । यस्तै माओवादी केन्द्रले पनि केही तह थप गर्ने देखिन्छ।

एमालेबाट विद्रोह गरेर गठन भएको नेकपा एकीकृत समाजवादीले कति तह जित्छ यसै भन्न कठिन छ, अहिलेसम्म २ स्थानमा निर्विरोधबाहेक उक्त पार्टीले जम्मा १२ स्थानीयमा मात्र अग्रता लिएको छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend