आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

अपरिचित व्यक्तिले दिएको खाने कुरा नखानूः नेपाल प्रहरी

अपरिचित व्यक्तिले दिएको खाने कुरा नखानूः नेपाल प्रहरी

 

काठमाडौं २५ बैशाख। चुनावी प्रचारप्रसारमा आएका अपरिचित व्यक्तिले दिएको खाने कुरा नखान नेपाल प्रहरीले आग्रह गरेको छ । आज (आइतबार) नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

प्रचारप्रसारमा आएका अपरिचित (व्यक्ति) कार्यकर्ताले दिएको खाने कुरा खाँदा बेहोस् हुने, चक्कर आउने घटना घटेकोले यस्तो घटना दोहोरिन नदिन प्रहरीले सूचनामार्फत यस्तो जानकारी गराएको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend