आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

उम्मेदवारी फिर्ता लिँदै तामाङ गरे एमाले प्रवेश

उम्मेदवारी फिर्ता लिँदै तामाङ गरे एमाले प्रवेश

 

 

काठमाडौं १६ वैशाख । वैशाख ३० को स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका तेन्जिन छेसाङ तामाङ एमालेमा प्रवेश गरेका छन्।

माओवादी केन्द्रको गाउँपालिका इन्चार्ज समेत रहेका उम्मेदवार तामाङले एक विज्ञप्ति जारी गर्दै माओवादीका तर्फबाट गाउँपालिका अध्यक्षमा दिएको उम्मेदवारी फिर्ता लिँदै पार्टी परित्याग गरेको जनाएका हुन्।

२०५२ साल देखि  माओवादीमा आवद्ध तामाङले एमाले र माओवादीबीच एकीकरण भएर बनेको नेकपा अन्तरिक समस्य, गुटबन्दी र फुट परास्त चिन्तन र व्यवहारले विभाजित भएको भन्दै आफू मूल प्रवाह एमालेमा प्रवेश गरेको जनाएका छन्।

२०७५ जेष्ठ ३ मते नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीचमा पार्टी एकिकारण गरी नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का रुपमा पार्टीलाई रुपान्तरण गरेर एकताको नयाँ उचाई प्राप्त गरी पार्टी अगाडी बढी रहेको अवस्थामा पार्टी भित्र उत्पान्न अन्तरिक समस्य, गुटबन्दी र फुट परास्त चिन्तन र व्यवहारले एकताको त्यस अभियानमा केही ठेस लागेता पनि कमरेड पुष्पलाल, क। मदन भण्डारी र मनमोहन अधिकारीको नेतृत्वमा स्थापित विरासत र सच्चा उत्तराधिकारी अहिलेको समय र परिस्थितीमा नेकपा (एमाले) नै हो उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend