अर्घाखाँची जिल्ला छत्रदेब गाउँपालिका वडा नम्बर – ०१ को वडा अध्यक्षपदका लागि नेकपा एमालेको तर्फबाट काजी बाबू ज्ञवाली को उम्मेदवार चयन भएको छ ।छत्रदेब गाउँपालिका वडा नम्बर ०१ चिदिका निवासी स्वर्गीय पिता बेदनिधी ज्ञवाली तथा माता पबित्रा ज्ञवाली को छोरा काजी बाबू ज्ञवाली हुन । वि।स २०१८ असोज ०६ गते जन्मेका ज्ञवाली नेकपा एमालेको क्षेत्रीय कमिटी उपाध्यक्ष पदमा रहेर काम गरेका ज्ञवाली शिक्षक पदको जागिर बाट राजीनामा दिएर वडा अध्यक्षको पदमा उम्मेद्धवारी दिएका हुन । जिल्लामा तथा आफ्नो क्षेत्रमा विभिन्न परिवारका गरिव, दलित विपन्न लाई आफू सक्दो सहयोग गर्दै आएका पनि छन । जिल्लाको चिदिकामा सक्रिय रहदै आएका ज्ञवाली नेकपा एमाले भित्र पनि सरल कुशल इमानदार कर्तब्यनिष्ठ नेताको रुपमा परिचित छन्।
शुसासन र समृद्धि समाजवादको आधार स्थानीय देखी केन्द्र सम्म एमालेको सरकार “समृद्ध नेपाल सुखी नेपाली” विकासको भिजन बोकेर हिँडेका ज्ञवालीले चिदिकामा सुविधा सम्पन्न अस्पताल , गुणस्तरीय शिक्षा, सफा खानेपानी, मोटरबाटोमा योगदान पुराउने काममा रहेका अधुरा काम पुरा गर्ने भन्दै उहाँले नेकपा एमालेको तर्फबाट उम्मेद्धवार दिएका हुन ।
चिदिका बासि युबाहरु ज्ञवालीलाई यसरी सुभकामना व्यक्त गर्दछन, हजुरलाई
राजनीतिक सामाजिक क्षेत्रमा हजुरलाई थप सफलता मिलोस जिवनको आधा उमेर सामाजिक क्षेत्रमा खर्चनु भयो कहिले शिक्षा क्षेत्रमा त कहिले स्वास्थ्य क्षेत्रमा रहेर खर्चनु भयो हजुरबाट हजारौं कुरा सिक्नु छ हामीलाई ती कयौं बृद्धअबश्थामा रहेका आमाबुवा ले हजुरलाई गर्ने माया हामीले पनि पाउन सक्ने खाल्को बन्नु छ ।युवाहरु लाई सहि बाटो देखाउने माया गर्ने र युवाहरुले खोज्ने खाल्को हामी पनि बन्न सक्ने खाल्को हुनु छ। ससाना भाइ बहिना हरुलाई तपाईले गर्ने स्नेहा माया हामीले पनि तेस्तै माया दिन सक्ने खालको बन्नु छ । संघर्ष मैले त्यो शब्द मात्र सुने तर तपाईको जिवन लाई निहालेर हेर्दा वास्तबमै संघर्ष को अर्थ बुझे तपाई जस्तै बन्नु छ बिरुवा रोपेर फलको आश कहिले नगर्ने । मलाई इमानदारीता के हो भन्ने हजुरबाट सिक्न अझै धेरै जरुरी छ । हजुर बाट जस्तो सुकै कठिन परिस्थितिमा पनि शान्त सरल धैर्यता गर्न सक्ने आत्माबिस्वास भएको गुणि बन्न सिक्नु छ । तपाई बाट मलाई हजारौं कुरा हरु सिक्नु छ किताब को त्यो शिक्षा भन्दा ठुलो कर्म शिक्षा र र ब्यबहारिक शिक्षा हजुर बाट अझ धेरै बुझ्न् र सिक्नु छ हामीलाई हजुर लाई विजयको अग्रिम रुपमै सुभकामना ।।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend