आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

युवा नेता रिजालले गरे यस्तो अपील

युवा नेता रिजालले गरे यस्तो अपील

 

 

काठमाण्डौं १२ बैशाख । नेकपा एमालेका युवा नेता राम प्रसाद रिजालले नेकपा एमालेका देश भरका वडा देखि गाउंपालिका नगरपालिका उपमहानगरपालिका महानगरपालिकाका सम्पूर्ण सूर्यध्वज उमेद्वारहरूलाई सूर्य चिन्हमा मतदान गरी जिताउन सम्पूर्ण देशव्यापी महानुभावहरूलाई उनले हार्दिक अपील गरेका छन ।

उनले भने, ”पार्टीको टिकट वितरण प्रणालीबाट पार्टीले टिकट दिएर उम्मेद्वार बनिसक्नु भएका सम्पूर्ण हाम्रो पार्टी नेकपा एमालेका उम्मेद्वारहरू जो सुकै उठे पनि अब उहांहरू हाम्रो पार्टीका साझा उम्मेद्धवारहरु हुन अब एमालेका उम्मेद्वार हरु हार्नु भनेको कोही व्यक्ति हार्नु होइन सिङ्गो एमाले पार्टी हार्नू हो लोकतंत्र हार्नु हो यो देशका न्यायप्रेमी जनता र मुलुक हार्नु हो त्यसो भएकोले सम्पूर्ण नेपाली जनसमुदाय हरूलाई सुर्य चिन्हमा मतदान गर्न पुनः हार्दिक अपील गर्दछु ।”

उनले टिकट नपाउने नेताहरुलाई निरास नहुन सुझाव दिएका छन । उनले भने, ”कमरेडहरु हाम्रो पार्टी एमालेले कसैलाई निराश बनाउदैन आगामी प्रदेश, केन्द्र लगाएत विभिन्न ठाउंहरू क्षेत्रहरूमा पार्टीले उचित मूल्यांकन गर्दे जान्छ ।”

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend