काठमाण्डौं ११ बैशाख । नेकपा एमालेका चर्चित युवा नेता राम प्रसाद रिजालले एमालेलाई सत्ता गठबन्धनले चक्रव्यूहमा फसाएर समाप्त गर्न खोजेको बताएका छन । उनले कांग्रेस, माओवादी, समाजवादी, जसपा, जनमोर्चा, नाम गरेका दलहरू लामो समय देखि यो षडेन्त्रमा लागेको बताए । एमालेका कमाण्डर केपी शर्मा ओलीले त्यो चक्रव्यूहलाई तोडेर एमालेलाई विजय गराउने उनले बताए । एमालेलाई स्थानीय तहमा मात्र होइन, प्रदेश र संघीय चुनावमा बहुमत ल्याउन ओली कृष्णको रूपमा देशव्यापी रुपमा खटिरहेको उनले बताए ।
तीनै तह स्थानीय, प्रदेश र केन्द्रमा एमालेले शानदार बहुमत ल्याउने उनले बताए । देशव्यापी रूपमा जनलहर र राजनेता केपी ओलीको क्रेज देखे पछी देउवा रातभर नै निदाउन नसकेको उनको भनाई छ । उनले भने, ‘लेखेर राख्नुहोस अब कम्तीमा ५० वर्ष एमालेले शासन गर्छ । नेपाललाई यूरोप मुलुक जस्तै चौतर्फी रुपमा विकास गर्छ । संसारका मानिसहरू नेपालमा रोजगारी खोज्दै आउने सम्पन्न मुलुक नेपाललाई एमालेले मात्र बनाऊछ ।”
उनले एमाले विरूद्ध गठबंधन बनाएर नेपाली कांग्रेसले आफ्नो खुट्टामा आफै बन्चरो हानेको बताए । चर्चित युवा नेता रिजालले पछिल्लो समय यस्तो कडा अभिब्यक्ति दिदै आएका छन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend