काठमाडौं ११ वैशाख । नेपाली कांग्रेसले आज स्थानीय निकाय निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । कांग्रेसले चुनावी एजेण्डा समेटिएको घोषणा पत्र सार्वजनिक गर्न लागेको हो ।
महामन्त्री गगन थापाको नेतृत्वमा तयार पारिएको घोषणा पत्र लोकतन्त्र दिवसको अवसर पारेर कांग्रेसले सार्वजनिक गर्न लागेको हो ।
नेकपा एमालेले गत शुक्रबार आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको थियो । स्थानीय निकायको निर्वाचन यही वैशाख ३० गते हुँदै छ । आज र भोलि मनोनयन दर्ता छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend