आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

चुनावी भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

चुनावी भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

 

 

काठमाण्डौं, ११ बैशाख । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र अर्घाखाँची काठमाण्डौं सम्पर्क समन्य समिति द्धारा आयोजित चुनावी भेटघाट तथा प्रशिक्षण कार्यक्रम हिजो शनिवार काठमाण्डौमा सम्पन्न भएकोे छ । स्थानीय तहको निर्वाचन सम्बन्धी मुद्धालाई लिएर चुनावी भेटघाट तथा प्रशिक्षण कार्यक्रम आयोजना भएको हो । सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य डिलाराम आचार्य, केन्द्रीय सदस्य गिता गहतराज, सम्पर्क समन्य बिशेष प्रदेश समितिका अध्यक्ष श्रीकृष्ण अधिकारी, गंगा पन्थी लगायतका नेताहरुले स्थानीय तहको चुनावमा कसरी अघि बढने भन्ने बिषयमा प्रशिक्षण दिनु भएको थियो । तारा भुसाल, होम लाल बन्जाडे, लोकमणि पोखरेल, राजेन्द्र राना, गिरिराज अधिकारी लगायतले आ आफ्नो पालिकाको रिपोटिङ गर्नुका साथै प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको सभापतित्व नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र अर्घाखाँची काठमाण्डौं सम्पर्क समन्य समितिका अध्यक्ष नारायण खनालले गर्नु भएको थियो भने कार्यक्रमको संचालन सचिव बिष्णु भाटले गर्नु भएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend