आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

गुल्मीदरबारमा काँग्रेसको जिम्मेवारी, गोविन्द पाण्डेलाई उम्मेदवारी

गुल्मीदरबारमा काँग्रेसको जिम्मेवारी, गोविन्द पाण्डेलाई उम्मेदवारी

 

 

नेपाली काँग्रेस गौंडाकोट गाविसको सभापति भएर होस् वा अन्य सामाजिक कार्यमा सक्रियता देखाएर किन नहोस् यस भेगमा गोविन्दबहादुर पाण्डे जनमनमा बसेको नाम हो । आपूm पदमा रहँदा वा नरहँदा पनि काँग्रेसका अतिरिक्त सामाजिक विकास र सहयोगमा निरन्तरताको अर्को नाम पनि हो गोविन्द पाण्डे । विद्यार्थीकालदेखि नेपाली काँग्रेस नजिक रहेर हरेक आन्दोलनमा सक्रिय योगदान गर्दै आउनुभएका पाण्डेलाई अहिले गुल्मीदरबार गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी मनोनयन गराइयो भने यहाँको विकासले छलाङ मार्ने विश्वास छ जनतामा । जनाधार भएका विकासप्रेमी नेतालाई जिम्मेवारी दिनु पार्टीको कर्तव्य हो भने त्यस्तालाई मत दिनु मतदाताको कर्तव्य । कर्तव्यविमुख हुने छुट कसैलाई छैन ।
गौंडाकोटबाट लुम्थर हुँदै रेसुङ्गा जोड्ने बाटो होस् कि जुभुङतिर जाने बाटो नै किन नहोस् चाहे देवीथानबाट चारपाला जाने बाटो होस् त्यसमा पनि गोविन्दको श्रम, पसिना मेहनत र लगानी छ । स्कुललाई होस् वा मठमन्दिरलाई उहाँको सक्दो आर्थिक सहयोग परेकै हुन्छ । २०७४ को स्थानीय तह निर्वाचनमा आपूm र आप्mना नाताका उम्मेदवार नभए पनि पार्टीको लागि भन्दै पार्टीका झण्डा, टिसर्ट, टोपी, डिजल पेट्रोल तथा खाना र खाजामा गरि लाखौं खर्च, मेहनत र दुःख गर्नुभयो । मतदानस्थल पुग्न नसक्ने सयौंलाई मतदानस्थलसम्म पु¥याउनुभयो । जसको परिणाम गुल्मीदरबारको नतिजा राम्रो भयो ।
व्यक्तिगत जीवनमा आर्थिक रुपमा ठूला संकट आए पनि सामाजिक र राजनीतिक जीवनमा हरेश नखाई समर्पणभावले लाग्नुभएका पाण्डे गुल्मीदरबार गाउँपालिकाको निर्विकल्प अध्यक्ष हुनुपर्ने जनइच्छा रहेको बुझिन्छ । सामाजिक र आर्थिक न्यायका लागि फरक पार्टीका मानिसलाई पनि सहज हुँदै आउनुभएका पाण्डेको योगदान अन्यसँग अतुलनीय नै छ । केटाकेटीदेखि बुढाबुढीसम्मलाई माया र श्रद्धा गर्ने पाण्डेले सम्भव भएसम्म कसैको दुःखमा साथ दिन पाउनुलाई आप्mनो भाग्य ठान्नुहुन्छ ।
त्यस भेगको परिचित अनुहार पनि हो पाण्डेको छवी । काम गर्दा कहिलेकाहीँ मुख दोषी हुन परे पनि मन दोषी छैन । मनमा पाप नराखी सामाजिक काममा सधैँ अग्रसर पाण्डेको पहिचान विकास, सहयोग र रमाइलो व्यक्तित्व नै हो । जुनसुकै समाजमा उत्तिकै भिज्न र रमाउने सक्ने साथै कार्यक्षेत्रमा अत्यन्त सक्रिय व्यक्तित्व छ पाण्डेको । खासगरी सडकमा नयाँ ट्र्याक खोल्ने, मर्मत गर्ने र कालोपत्रे गर्ने कार्य गुल्मीदरबार क्षेत्रबाहिर अन्य जिल्लामा समेत योगदान गर्नुभएको छ । उहाँको सक्रियतामा पुलपुलेसा बनेका छन् । विभिन्न शिक्षणसंस्थामा आर्थिक सहयोग पुगेको छ । जनतालाई चहिने विकास हो जो उहाँले गरि नै रहनु भएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend