आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

नेकपा एमाले संग जोरी खोज्नेहरु चुनाव पछि पत्तासाफः चर्चित युवा नेता रिजाल

नेकपा एमाले संग जोरी खोज्नेहरु चुनाव पछि पत्तासाफः चर्चित युवा नेता रिजाल

 

 

काठमाडौं ९ बैशाख । नेकपा एमालेका चर्चित युवा नेता राम प्रसाद रिजालले आगामी निर्वाचन पछि एमाले पहिलो पार्टी हुने दाबी गरेका छन । आज खबरब्रेकिंग संग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन ।

उनले नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी, जसपा नेपाल लगायतका दलहरु एमाले संग एक्ला एक्लै चुनाव लडन नसकेरै गठबन्धन गरेको आरोप लगाए । उनले आज एमालेको घोषणापत्र सार्वजनिक भइसकेको र अब घोषणापत्र लिएर एमाले जनतामा जाने बताए । पूर्व राजदूत देखि बिभिन्न पार्टीका नेताहरु आज पनि एमाले प्रबेश गरेका छन र अब एमाले देशकै ठूलो शक्ति बन्ने उनले बताए ।

देश भरी एमालेको जनलहर देखेर सत्ता गठबन्धनका नेताहरु अतालिएको उनको भनाई छ । नेकपा एमाले संग   जोरी खोज्नेहरु चुनाव पछि पत्तासाप हुने निश्चित भएको उनले बताए । देश र जनताको भाग्य र भबिश्य निर्माण गर्न एमाले बाहेक अरु दलले गर्न नसक्ने र चुनावमा एमालेलाई बहुमत दिनु पर्ने रिजालले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend