काठमाडौं ९ बैशाख । प्रमुख प्रतिपक्षी नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पार्टी केन्द्रीय कमिटीले तयार पारेको घोषणापत्र अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा आयोजित समारोहमा सार्वजनिक गरेका हुन्।
घोषणापत्र मस्यौदा समितिले तयार पारेको मस्यौदालाई केन्द्रीय समितिले पारित गरेको थियो। एमालेले आजै ७५३ पालिकाको प्रतिबद्धतापत्र सार्वजनिक गर्ने महासचिव शंकर पोखरेलले जानकारी दिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend