काठमाडौँ ९ बैशाख । संविधानसभाकी सदस्य तथा पूर्वराजदूत लक्की शेर्पा नेकपा एमाले प्रवेश गर्दै छिन् । नेपाल कम्युनिस्ट पार्टीको ७४ औँ स्थापना दिवसकै दिन शेर्पा आज एमाले प्रवेश गर्ने कार्यक्रम तय भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेर्पालाई एमालेमा स्वागत गर्नेछन् । शेर्पासँगै नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य धर्मदत्त देवकोटा पनि आजै एमाले प्रवेश गर्दै छन् ।
पहिलो संविधानसभामा एमालेबाट सदस्य भएकी शेर्पा पछि भने नेकपा माओवादी प्रवेश गरिन् । पहिलो संविधानसभापछि लक्की शेर्पाले रामचन्द्र झासँगै एमाले छाडेर माओवादी प्रवेश गरेकी थिइन् । दोस्रो संविधानसभामा माओवादीको सिट कम आएकाले लक्की सभासद् बन्न पाइनन् । तर, प्रचण्डले उनलाई अस्ट्रेलियाको राजदूत बनाए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend