आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

प्रचण्डले भने- गठबन्धन चुनावसम्मै जान्छ

प्रचण्डले भने- गठबन्धन चुनावसम्मै जान्छ

  • शुक्रबार, २० फाल्गुन २०७८

 

फाइल फोटो

काठमाण्डौं २० फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन आगामी चुनावसम्मै जाने बताएका छन् ।

शुक्रबार माओवादीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

उनले भने, ‘एमसिसी पास भएसँगै गठबन्धनभित्र देखिएको असमझदारी अन्त्य भएको छ । अब यो गठबन्धन चुनावसम्मै जान्छ ।’

अमेरिकी सहयोग परियोजना एमसिसी अनुमोदनपछि माओवादीभित्र विवाद चुलिएको छ । केन्द्रीय समितिको बैठक अहिले जारी नै छ । बिहान ११ बजेदेखि सुरु हुने भनिएको बैठक नेताको आन्तरिक छलफलको कारण साढे दुई घण्टा ढिला गरी सुरु भएको हो ।

एमसिसी अनुमोदनपछि असन्तुष्ट रहेका नारायणकाजी श्रेष्ठलगायतका केही नेताले पार्टीभित्र ‘विद्रोह’ गर्दै छुट्टै छलफल गरेका छन् । उनीहरूले पार्टीभित्रै संघर्ष गर्ने वा छुट्टै पार्टी गठन गर्नेसम्मका विषयमा छलफल गरेका छन् ।

अध्यक्ष प्रचण्डले असन्तुष्ट रहेका नेताहरूप्रति संकेत गर्दै आफ्नो बाटो लागे हुन्छ भनेपछि पार्टीमा विवाद उत्कर्षमा पुगेको छ ।

बैठकमा नेता श्रेष्ठ पनि सहभागी भएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend