आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

माओवादीबाट निर्वाचित वडाध्यक्षले गरे पार्टी परित्याग

माओवादीबाट निर्वाचित वडाध्यक्षले गरे पार्टी परित्याग

 

 

काठमाडौं  १९ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदबाट पारित गराउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुख्य भूमिका खेलेको भन्दै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का निर्वाचित वडाध्यक्ष बहादुरसिंह महराले पार्टी परित्याग गरेका छन् ।

बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै वडाध्यक्ष महराले माओवादीको सुदूरपश्चिम प्रदेश सम्मेलन प्रतिनिधिसहित सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गर्दै पार्टी परित्याग गरेको जनाएका छन् ।

राष्ट्रघाती सम्झौतामा म क्रियाशील पार्टी नेकपा माओवादी केन्द्रको मूल नेतृत्व प्रचण्डले आत्मसमर्पण गरी पास गर्न मुख्य भूमिका खेलेकोले हामी जस्ता इमान्दार कार्यकर्तालाई लज्जित बनाएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा उल्लेख छ, ‘अब उपरान्त म राष्ट्रिय स्वाधिनताको पक्षमा निरन्तर अघि बढ्ने र त्यसको नेतृत्व गर्ने शक्तिसँग एकता, सहकार्य र ध्रुवीकरणको बाटोमा सरिक हुने प्रतिबद्धता सहितको जानकारी गराउँदछु र अन्य देशभक्त तथा क्रान्तिकारी मित्रहरूलाई पनि यस राष्ट्रिय स्वाधिनताको महान् अभियानमा सरिक हुन आह्वान गर्दछु ।’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend