काठमाडौं पुस २१ । आज बुधबार मन्त्रिपरिषदको बैठक बस्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो साढे १ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाएका हुन्। बैठक प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बस्नेछ।
बैठकमा सरकारका कामरकारबाही, आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन तथा प्रधानमन्त्रीको भारत भ्रमणलगायतका विषयमा छलफल हुने बताइएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend