काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा सञ्चारकर्मीमाथि सोधपुछ, धरपकड र पक्राउ भइरहेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
यस विषयमा रास्वपाका प्रवक्ता जगदीश खरेलले विज्ञप्ति जारी गर्दै स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मौलिक अधिकार भएको उल्लेख गर्दै रास्वपाले त्यसप्रति आफ्नो सम्मान र जिम्मेवारी रहेको स्पष्ट पारेको छ ।
समाचारकै विषयलाई लिएर कुनै पनि पत्रकार वा सञ्चारकर्मीलाई गैरकानुनी रूपमा पक्राउ गर्न नमिल्ने पार्टीको धारणा रहेको खरेलले बताएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend