काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सम्बन्धित निकायलाई पक्राउ परेका पत्रकारहरूलाई तत्काल रिहा गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री शाहले पत्रकार पक्राउ परेको जानकारी पाउनासाथ उनीहरूलाई रिहा गर्न र समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएकी हुन् ।उनले पत्रकार पक्राउको घटनामा प्रधानमन्त्री, उनको सचिवालय तथा प्रधानमन्त्री कार्यालयको कुनै संलग्नता नरहेको स्पष्ट पारेकी छन् । घटनाबारे प्रधानमन्त्री र उनको सचिवालयलाई पूर्वजानकारीसमेत नभएको उनको भनाइ छ ।
‘पत्रकार पक्राउ परेको घटनाप्रति सम्माननीय प्रधानमन्त्रीज्यू, उहाँको सचिवालय तथा प्रधानमन्त्रीको कार्यालयको कुनै पनि संलग्नता नरहेको र यसबारे पूर्वजानकारीसमेत प्राप्त नभएको स्पष्ट पारिन्छ,’ दाहालले लेखेकी छन् ।
उनका अनुसार घटनाबारे जानकारी पाउनासाथ प्रधानमन्त्री शाहले पत्रकारहरूलाई तत्काल रिहा गर्न र समाचार कक्षमा कुनै पनि प्रकारको धरपकड नगर्न स्पष्ट निर्देशन दिएका हुन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend